20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

हेलमेट नलगाएको भन्दै सारा विरुद्ध उजुरी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख २, २०७६  

नायिका साराअली खान अहिले चर्चामा छिन् ।

सारा अभिनित चलचित्र ‘केदारनाथ र सिम्बा’ले बक्स अफिसमा राम्रो कमाई गरेपछि उनको चर्चा पनि चुलिएको हो । उनी हाल चलचित्र ‘लभ आज कल’को छायांकनमा व्यस्त छिन् । उनै साराको केही दिन अगाडि बाइक पछाडि बसेको एउटा भिडियो भाइरल भएको थियो ।
भिडियोमा बाइक पछाडि बसेकी साराले हेलमेट लगाएकी थिइनन् । दिल्लीको सडकमा पछाडि बस्दा हेलमेट नलगाएपछि उनी विरुद्ध उजुरी परेको छ । दिल्ली प्रहरीले यो बिषयमा अनुसन्धान गरिरहेको बताएको छ । नायक कात्तिक आर्यनले चलाएको बाइकमा सारा बसेकी थिइन् ।

सारा बाइक पछाडि हेलमेट नलगाई बस्दा ट्रोल समेत भएको थियो । साराले यो बिषयमा कुनै पनि प्रतिक्रिया दिएकी छैनन् ।

प्रकाशित मितिः सोमवार, बैशाख २, २०७६     6:56:34 AM  |