19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

राजनितिकमा ससफल भएको महसुस गरेको छु ःगोपाल गिरी भिडियो सहित हेर्नुहोस् ।

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, पुस १४, २०७५  

रेडियो मिसन ९०.६ मेगाहर्जको विशेष कार्यक्रम ‘मिसन चौतारी’ भित्रको ‘‘नयाँ सोच” कार्यक्रममा समसामयीक राजनितिक र कोहलपुरको विकास सम्बन्धी नेकपाका नेता गोपाल गिरीसँग कार्यक्रम प्रस्तोता दामोदर पौडेलले गरेको विशेष कुराकानीको केही अंश ः—

१. नेकपाको स्थायी कमिटिको बैंठक बसिरहेको बेलामा अध्यक्षद्वयको विरुद्ध प्रतिवेदनमा शीर्ष नेताहरुले फरक धारणहरु प्रस्तुत गरिरहेका छन् नि ?
नेकपा एमाले र माओवादी एकता भइसकेपछि दुई अध्यक्षले जसरी एकता गर्ने निर्णय गर्नुभयो र केन्द्रीय कमिटि एक भयो । दुईवटा पार्टीका धारणहरुलाई एक ठाउँमा ल्याउने बाध्यता परिस्थिति आइप¥यो । अहिले पछिल्लो अवस्थामा अध्यक्ष द्वयहरुले आफ्नो पार्टीका नेताहरुलाई सम्बोधन गर्नुपर्ने, कार्यविभाजन गर्नुपर्ने, जिम्मेवारी दिनुपर्ने परिस्थिति आइपरेको बेला केही कार्यकर्ताहरुको धारण भिन्न हुनु त स्वभाविक हो । दुईतिहाई पाएको पार्टीले सरकार कसरी चलाउने र पार्टी कसरी अगाडि लैजाने भन्ने गहन छलफल गर्नुपर्ने मलाई लाग्दछ । जिम्मेवादी दिने क्रममा चित्त नबुझ्नु पनि स्वभाविक मान्दछु । देश संघियतामा गईसकेपछि सरकार चलाउन केन्द्रीय, प्रदेश र स्थानीय तहको पनि ऐन कानून बनाउनुपर्ने र पार्टी चलाउन तिनै तहका ऐन कानून बनाउनु पर्ने भएकोले समस्या देखिएको छ ।
२. कसैलाई पार्टी जिम्मेवारी दिँदा अनुहार हेरेर दिनुहुन्छ कि सांगठनिक मापदण्ड पनि छ ?
मापदण्ड नहुने कुरै भएन । उत्कृष्को आधारबाट पनि ४५ जनाको स्थायी कमिटि बन्नु त्यसबाट ४०१ जनाको केन्दीय कमिटी बन्नु सबैमा मापदण्ड रहेको छ । पछिल्लो अवस्थामा केन्द्रिय सरकार र प्रदेशहरु सरकार र स्थानीय तहको सबै संरचनाहरु मापदण्डकै आधारमा बनाइएको छ ।
३. बाँके जिल्लाको सांगठनिक संरचना निर्माण समितिको सदस्य पनि
हुनुहुन्छ । यसका गतिविधि कसरी बढाइरहुनुभएको छ ?

केन्द्रिय कमिटि बनिसकेपछि ७ प्रदेश कमिटिहरु बनेका छन् । अहिले प्रदेश कमिटिले जिल्लामा ४ जनाको कार्यादल बनाएको छ । प्रदेश कमिटिले जिल्लाको अध्यक्ष र सचिवहरुको लागि पनि निर्णय गरेर स्थायी कमिटिमा सिफारीस गरी पठाएको छ । नेकपा एमालेबाट २ जना र माओवादी केन्द्रको तर्फबाट २ जना हुने गरी प्रदेश सरकारले जिल्ला कार्यादल बनाएको
छ । बाँके जिल्लाहरुको हकमा ८ ओटा स्थानीय तह छन् । तिमध्ये १ उप—महानगरपालिका, १ नगरपालिका, ६ वटा गाउँपालिका रहेका छन् । ८ वटै स्थानीय तहबाट अध्यक्ष र सचिवलाई चयन गरिसकेका छौं ।
४. गोपाल गिरी राजनितिक रुपमा सफल हुन सक्नु भएन भन्ने गरिन्छ नि यसलाई कसरी लिनुहुन्छ ?
राजनितिक रुपमा सफल असफल भन्ने कराहरु बाहिरबाट हेर्ने कुरा हो । तर केही साथीहरुले संसदिय फाँटमा जान नपाएकोले असफल भन्नु भयो होला । जुन म पार्टीको मिसनमा निरन्तर लागेको छु, त्यसकारण ससफल भएको महसुस गरेको छु । किनकी म पहाडमा जन्मेर बर्दियामा आए, त्यहाँ आइसकेपछि अनेरा स्ववियूको संयोजक भएर प्रथम जिल्ला अधिवेशनबाट अहिलेसम्म काम गरिरहेको छु । म व्यवहारमा जाँचेर हेर्न चाहन्छु । जसरी मैले बर्दियामा काम गरे त्यसरी नै बाँकेमा पनि सानो कमिटिबाट सचिवसम्म आइपुग्नु मेरो लागि सफलता हो । र अहिले दुई वटा पार्टी समायोजना हुँदा पनि कार्यदलमा पर्नु मेरो सफलता नै हो ।
५. कोहलपुरमा नेकपा भित्र तलदेखि माथिसम्म गुटहरु विचको प्रतिस्पर्धाले गर्दा स्थानीय तहमा राम्रोसंग काम हुन सकेन भन्ने छ नि ! के भन्नु हुन्छ ?
स्थानीय तहको हामीले अध्ययन गर्दा कोहलपुरको मात्रै भन्दा पनि म बाँके जिल्लाको पूर्व सचिव र अहिले कार्यदलमा भएकोले तपाइले भने जस्तै हामीले केही कुरा महसुस गरेका छौँ ।
देश अहिले संघियतामा गइसकेपछि प्रदेशमा कुनै ऐन कानून नै नभएको, संघको पनि सबै परिमार्जन र परिष्कृत गर्नपर्ने र स्थानीय तहमा केही कानून भएपनि धेरै कुराहरु थप्नु परेको र त्यसमा पनि आफै कानून बनाउँदै लागु गर्नुपर्ने बाध्यता देखिएको हामीले महसुस गरेका छाँै । त्यस कारण कानूनी व्यवस्था बनाउँदै लागु गर्नुपर्ने कारणले केही ढिला भएको हुन सक्छ ।
त्यसकारण जनप्रतिनिधिहरुले पनि नीति तथा कार्यक्रमहरु लागु गर्ने क्रममा केही अन्यौलता भएको हो । तर साह्रे्ै ढिला भएको भन्ने छैन । त्यसमा पनि केही कानूनी बाध्यताका कारणले पनि ढिलाई भएको देखिन्छ ।

रेडियो मिसन

आजको मिसन चौतारीमा बाँके जिल्लाका प्रस्ताबित ने.क.पा.का सचिब गोपाल गीरी संग समसामयीक राजनिती र कोहलपुरको बिकास सम्बन्धी बिचार बिमर्ष ! गोपाल गीरी ने.क.पा.का यूवा नेता हुनुहुन्छ, उहाँसंग पाटीका शैद्धान्तीक राजनीतिक बिषयमा बिचार बिमर्ष साथमा दामोदर पौडेल !! समृद्धिको सहयात्री रेडियो मिसन बाँके आसपारमा ९०.६ मेगाहर्ज र अनलाईन www.radiomission.com.npर फेसबुक लाईभ मार्फत बिश्वभर एकैसाथ ।

Posted by रेडियो मिसन on Tuesday, 25 December 2018

प्रकाशित मितिः शनिबार, पुस १४, २०७५     8:19:32 AM  |