20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बाँके क्षेत्र नं. ३ का चार सडक कालोपत्रे गरिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक २७, २०७५  

कोहलपुर/  स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत बाँके क्षेत्र नं.३ का ४ वटा सडक कालोपत्रे गर्ने निर्णय गरिएको छ । बाँके क्षेत्र नं. ३ का संसद नन्दलाल रोकायाको अध्यक्षतामा सोमबार बसेको बैठकले साझेदारी कार्यक्रम अन्तर्गत छुट्याइएको रु ४ करोड बजेट सडक निर्माणमा खर्चिने निर्णय गरेको हो ।

जिल्ला समन्वय समिती बाँकेको कार्यालयमा प्रदेश सांसद बाबुराम गौतम, आईपी खरेल, बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल, खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति, जानकी गाँउपालिका अध्यक्ष रामनिवास यादब र जिल्ला समन्वय समितीका प्रमुख अजय श्रीवास्तव उपस्थित बैठकले संसदिय विकास कोषको रु ४ करोड बजेट सडक कालोपत्रेका लागि छुट्याउने निर्णय गरेको संघिय सांसद नन्दलाल रोकायाले जानकारी दिए ।

स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत संसदिय विकास कोषको ४ करोड र समुदायको रु ६ करोड ८५ लाख बजेट सडक कालोपत्रेमा खर्च गरिने संघिय सांसद नन्दलाल रोकायाले जानकारी दिए ।

उक्त योजना अनुसार बाँके क्षेत्र नं. ३ को बैजानाथ वडा नं. ५ जि गाँउदेखि एचगाँउसम्म सडक कालोपत्रेका लागि रु १ करोड २५ लाख, खजुरा गाँउपालिका वडा नं. २ को बाबास्थानदेखि लर्डबुद्ध विद्या निकेतनसम्मको सडक कालो पत्रेका लागि रु ३ करोड २५ लाख, खजुरा गाँउपालिका वडा नं. ४ डिगाँउ १ देखि ई गाँँउ स्कुलको पल्लो चोकसम्म सडक कालोपत्रेका लागि रु ३ करोड र जानकी गाँउपालिका पिप्रहवा चोकदेखि गाँउपालिकासम्म जाने सडक कालोपत्रेका लागि रु ३ करोड ३५ लाख बजेट छुट्याइएको छ ।

संसदिय विकास कोषको रु ४ करोड र स्थानीय समुदायको रु ६ करोड ८५ लाख बजेटबाट ३ नं. क्षेत्रका चार स्थानमा एकैसाथ सडक कालोपत्रे योजना सञ्चालन गरिने प्रतिनिधि सभा सदस्य नन्दलाल रोकायाले जानकारी दिए । –काँचुली खबर

प्रकाशित मितिः मङ्लबार, कार्तिक २७, २०७५     8:42:50 AM  |