18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

यातायात व्यवसायीलाई चुनावको चटारो, डोलनाथ खनालले प्यानलै बनाए, हेर्नुहोस को-को छन टीममा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, माघ १, २०७४  

काठमाण्डौँ,१ माघ/ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आगामी माघ १७, १८, १९ गते हुने राष्ट्रिय महाधिवेशनमा डोलनाथ खनाल नेतृत्वको प्यानल चुनावी मैदानमा उत्रिएको छ ।

आइतबार गोंगबुमा बसेको बैठकले लोकतान्त्रिक बाम नेतृत्वको समावेशी समूहको रुपमा प्यानल बनाएर प्रचार प्रसारमा जाने निर्णय गरेको छ । बैठकले निम्नि बमोजिमका पदाधिकारीलाई चुनावमा उतारेको छ ।

अध्यक्ष – डोलनाथ खनाल वरिष्ठ उपाध्यक्ष – दिपक अधिकारी वरिष्ठ उपाध्यक्ष – भरत तिमिल्सिना उपाध्यक्ष – भिमबहादुर मानन्धर उपाध्यक्ष – जितबहादुर भारती उपाध्यक्ष – सरद अधिकारी मालवहाक उपाध्यक्ष – यादवलाल श्रेष्ठ महासचिव – पुण्यप्रसाद (सरोज) सिटौला उपमहासचिव – डेकनाथ गौतम उपमहासचिव – बसन्त भण्डारी कोषाध्यक्ष– हेमेन्द्र शेरचन सहकोषाध्यक्ष – ज्ञानेन्द्र श्रेष्ठको नाम टुंगो लगाएको छ ।

वर्गिय सवारी र अन्य पदाधिकारीको सम्बन्धमा आवश्यकता अनुसार निर्णय गर्दै जाने वर्तमान महासचिव समेत गरेका महासचिवका उम्मेदवार सरोज सिटौलाले बताए ।

९३ सदसिय कार्यसमितिमा १३ जनाको मात्रै नाम टुंगो लगाइएकोले बाँकी पदाधिकारीको छिट्टै टुंगो लाग्ने उनले जानकारी दिए । बैठकले सात वटै प्रदेश भेला आयोजना गर्ने निर्णय समेत गरिएको मालवहाक उपाध्यक्षका उम्मेदवार यादवलाल श्रेष्ठले जानकारी दिए ।

 

प्रकाशित मितिः सोमवार, माघ १, २०७४     6:56:42 PM  |