19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बाम उम्मेदवारले समस्यासँग परिचित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक २७, २०७४  

नेपालगञ्ज, २७ कात्तिक/  बाम गठबन्धन बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार नन्दलाल रोकायले आफनो क्षेत्रका विकास निर्माणका समस्या बारे विज्ञ भएको बताउँदै निर्वाचनमा विजयी बनाउन सहयोगको आगह गरेका छन ।
नेकपा एमाले निर्वाचन परिचालन समितिले क्षेत्र नम्बर ३ प्रदेश(२)ले आईतबार राधापुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उम्मेदवार रोकायले बर्षौदेखि यहि क्षेत्रमा राजनीतिक अगुवाई गर्दै आएको बताउदै सबैखालका समस्यासँग परिचित रहेका कारण समाधानका लागि नेतृत्व लिने बताए ।

उनले भने हामीहरु तपाईहरुको ज्युदाका जन्ती र मर्दाका मलामी हौं, निर्वाचन जितेर गएपनि यहि क्षेत्रमा रहेर विकास निर्माणको अगुवाई गर्नेछौं । कार्यक्रममा प्रदेश २ का उम्मेदवार बाबुराम गौतमले जीवनका ५ दशक यहि क्षेत्रमा बिताएको भन्दै सधै जनताको सुखदुखको साथी बन्दै आएको र अब पनि बन्ने बताए ।

रोकाय र गौतमले सडक कालोपत्रेलाई मुख्य प्राथमिकता दिएको बताउदै पुल, कल्भर्ट, कटान नियन्त्रण, सिँचाई, कृषिमा आधुनिकीकरण लगायत आफुहरुको प्राथमिकतामा रहेको बताए ।

प्रकाशित मितिः सोमवार, कार्तिक २७, २०७४     7:37:53 AM  |