25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

उत्तर कोरियाको विकासका लागि वायुपंखी घोडाको कथा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक ८, २०७४  

काठमाडौं, अमेरिकाको प्रतिबन्धको बाबजुद छोटो समयमै पश्चिमा राष्ट्रहरुले नसोचेको रफ्तारमा परमाणु हतियार परीक्षण र देश विकासमा उत्तर कोरियाले उल्लेख्य प्रगति हासिल गर्नुमा काल्पनिक कथाहरुको महत्वपूर्ण योगदान रहेको छ ।

उत्तर कोरियामा लागु गरिएको ‘साँनगान’ अर्थात ‘सेना पहिले’को नीति प्रभावकारी मानिन्छ । कोरियाली युद्धपछि सन् १९६० मा किम इल सुंगले यस नीतिको सुरुवात गरेका थिए ।

यसै नीतिमा आधारित दुई ओटा घोडाको नाममा काल्पनिक कथा बनाइएको छ । जुन उत्तर कोरियाली जनतालाई आफ्नो देशप्रति उत्तरदायी हुँदै उन्नति र प्रगतिमा लम्किन प्रेरणा दिने गर्दछ ।

पश्चिमाहरुले भनेजस्तो भोकमरी र गरीबि र विपन्नबाट पिल्छिएको उत्तर कोरियाले काल्पनिक कथालाई वास्तविकतामा परिणत गर्न खोजिरहेको भान पछिल्लो समय उत्तर कोरियाले बनाएको गगनचुम्बी भवन र आधुनिक सहरको निर्माणबाट थाहा पाउन सकिन्छ ।

पहिलो कथा ‘चोलिमा’ नाम गरेको वायुपंखी घोडामा आधारित छ । यो घोडा ‘मलिमा’ नाम गरेको अर्को घोडाभन्दा कम तर दैनिक चार सय किलोमिटर दौडन सक्छ । ‘चोलिमा’ घोडाको काल्पनिक कथा सन् १९५० मा कोरियाली चोलिमा मुभमेन्टबाट सुरु भएको हो । सन् १९५०–५३को कोरियाली युद्धपछि अर्थव्यवस्थाको पुनर्निर्माणको लागि सन् ५० कै दशकमा चोलिमा मुभमेन्टको सुरुवात गरिएको थियो । अहिले उत्तर कोरियाको सबैभन्दा ठूलो संयन्त्र चोलिमा स्टील कम्प्लेक्समा नै रहेको छ ।

त्यस्तै, उत्तर कोरियाली जनतालाई प्रेरणाको लागि अर्को काल्पनिक कथा वायुपंखी घोडा ‘मलिमा’मा आधारित छ । यो घोडा एकदमै तेज रफ्तारमा लामो दुरीसम्म दौडन सक्छ । यसको रफ्तार ‘चोलिमा’भन्दा १० गुणा बढी रहेको उनीहरुको मान्यता छ । उत्तर कोरियाली मिडियामा धेरैजसो ‘मलिमाको रफ्तार’ भन्ने शब्द प्रयोग गरिन्छ । आर्थिक लक्ष्य हासिल गर्नको लागि सबै जनताले प्रतिबद्ध भएर धेरै मेहेनेत गर्नुपर्छ भन्ने बुझाउन र प्रेरणाको लागि ‘चोलिमा’ घोडाको काल्पनिक कथा सुनाउने गरिन्छ । एजेन्सी

प्रकाशित मितिः बुधबार, कार्तिक ८, २०७४     2:11:41 PM  |