20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

यौन जीवनलाई कसरी सफल बनाउने ? यी हुन १० उपाय

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक ७, २०७४  

मानिसका लागि यौन अपरिहार्य आवश्यक्ता हो । हाम्रो सामाजिक बनौट अनुसार यौज्न जीवनलाई खुल्ला नराखिएकाले यसका कारण विभिन्न दुर्घटनाहरु पनि हुने गरेको हामीले बेला बेलामा सुनका छौं । तर मानव जीवनको अभिन्न आवश्यक्ताको रुपमा रहेको यौन जीवनलाई सहज र सफल बनाउने केही उपायहरुको बारेमा चर्चा गरौं ।

–यौनसम्पर्कका बेला हरेक कुरालाई गम्भीर रूपले लिनु हुँदैन । अन्तरंग पलहरूलाई सधै ख्यालठट्टाको रूपमा लिनु उचित हुन्छ ।

–सम्भोगका बेला जोडीको मूडलाई ध्यानमा राख्नुहोस् । यदि जोडीको मुड खराब छ भने आफ्नो माया र स्पर्शले पहिले उसको मुडलाई सही ठाउँमा ल्याउने प्रयास गर्नुहोस् तर सम्भोगका लागि जोडी तयार नहुँदै कर गर्नु राम्रो हुँदैन ।

–सम्भोगका बेला एक–अर्कामा शारीरिक एवं मानसिक रूपले बढी भन्दा बढी नजिक हुने प्रयास गर्नुहोस् ।

–सम्भोगका विषयमा तपाईं वा जोडीको मनमा केही शंका भएमा पहिले त्यसलाई हटाएर मात्र सम्भोगको सिलसिला अघि बढाउनुपर्छ ।

–यौनजीवनको पर्याप्त आनन्द लिनका लागि तपाईं शारीरिक रूपमा तन्दुरुस्त हुनु आवश्यक छ । त्यसैले सधैं व्यायाम र सन्तुलित भोजन ग्रहण गरी तन्दुरुस्त रहनु राम्रो मानिन्छ ।

–सम्भोगका दौरान जोडीको सन्तुष्टिको ख्याल गर्नुहोस् ।

–सम्भोगका बेला पाक्क्रीडामा बढि जोड दिनुहोस् । यसले तपाईं र तपाईंको जोडीलाई बढी चरमसुख प्राप्त हुन्छ ।

–सम्भोगका बेला कम बोल्नुहोस् र आफ्नो जोडीप्रति एकाग्र हुनुहोस् र उनका कुरा पनि सुन्नुहोस् ।

–सम्भोगलाई निरन्तरता दिनुहोस् । सम्भोगमा धेरै अन्तराल राख्नु राम्रो होइन ।

–सम्भोगका बेला आफ्नो जोडीको प्रशंसा गर्न नभुल्नुहोला ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक ७, २०७४     5:04:17 PM  |