19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

एउटै बाइकमा पाँच व्यक्ति सवार देखेपछि प्रहरीले यस्तो गरे

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक ७, २०७४  

जेन्सी/  नियम अनुसार बाइकमा दुई व्यक्तिमात्र सवारी गर्न सक्छन् । तेस्रो व्यक्ति बसेको अवस्थामा पुलिसले थुप्रैलाई कारवाही गरेको हामीले देखेका र भोगेका पनि छौं । तर एउटा बाइकमा पाँच व्यक्ति सवार भएको र ट्राफिक प्रहरीले देखेको अवस्थामा के होला ?
आन्ध्र प्रदेश पुलिसका अधिकारीले जे गरे त्यसले तपार्ईंको अनुहारमा मुस्कान ल्याइदिन्छ । बेंगलुरुका डिसिपी ट्राफिक अभिषेक गोयलले एक पुलिसको तस्बिर सेयर गरेका छन् जसले बाइकमा पाँच व्यक्ति बसाएका यात्रा गरिरहेका एक पुरुषलाई नमस्कार गरिरहेका थिए । उनका अनुसार ती पुलिसले बाइक चलाइरहेका व्यक्तिलाई नमस्कार गरेर अबदेखि ट्राफिक नियमको पालना गर्न अपिल गरे ।अभिषेकले लेखे, ‘यी अधिकारी अरु के गर्न सक्थे । हामीसँग सधैं एक सुरक्षित तरिका हुन्छ । तपाईं पनि सुरक्षित तरिका अपनाउनुस् र सुरक्षित रहनुस् ।’
प्रकाशित मितिः मङ्लबार, कार्तिक ७, २०७४     2:31:03 PM  |