25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

आज कोजाग्रत पूर्णिमाः वडादशैंको समापन गरिदैं

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४  

काठमाडौं, असोज १९ । आश्विन शुक्ल पूर्णिमाका दिन आज यस वर्षको वडादशैं समापन हुँदैछ ।
घटस्थापनाका दिन राखिएको जमरा तथा टीकालाई बिसर्जन गरेर बडादशैं समापन गरिने प्रचलन छ ।

आज रातभर जाग्राम रहेर दीपावली गर्दा दीपावली भएको घरमा लक्ष्मीको बास भई धनधान्यले पूर्ण बनाउँछिन् भनेर रातभर दीपावली गरेर जाग्राम बस्ने चलन पनि छ ।

यसो भएकाले यो दिनलाई कोजाग्रत पूर्णिमा भनिएको हो । यस रात जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।

माता दुर्गाका तीन रुपमध्ये एक महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

 

प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४     10:23:02 AM  |