काठमाडाैं, १७ असाेज । एमाले , माओवादी केन्द्र र नयाँशक्तिबीच आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तालमेल गर्ने घोषणा भएको छ ।

चुनावी तालमेलको औपचारिक घोषणा कार्यक्रममा माओवादी जनार्दन शर्माले तालमेलको औपचारीक घोषणा गर्नुभयाे ।

एमाले र माओवादी र नयाँशक्त्तिबीच तत्कालको लागि चुनावी तालमेल गर्ने र भविष्यमा पार्टी एकीकरण गर्ने सहमति जुटेको बताइएको छ ।

दुई ठूला पार्टीको गठबन्धनमा बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपाल पनि सहभागी भएको हो । ।

तीन पार्टीबीच पार्टी एकताको लागि भएको ६ बुँदे सहमतिको सारांश यस्तो छ

  • तीन पार्टीबीच एकीकरण गरी एउटै पार्टी निर्माण गर्ने उद्देश्यका साथ हाललाई ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्ने ।समितिमा एमालेबाट ४, माओावदीबाट ३ र नयाँशक्तिबाट १ नेता रहने । विस्तृत खाका र योजना यही समितिले तयार पार्ने ।

  • पार्टीको नीति र विधान तयार पार्न दस्तावेज मस्यौदा समिति गठन गर्ने । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि एकीकरण सम्पन्न गर्ने ।

  • अब बन्ने पार्टीको मुद्दामा बहस गर्न सकिने । सार्वजनिक रुपमा सार्वजनिक टिप्पणी र नकारात्मक टिप्पणी नगर्ने ।

  • आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाका निर्वाचनमा माओवादीलाई ४० र एमालेलाई ६० प्रतिशत हुने गरी तालमेल गर्ने ।

  • निर्वाचनमा साझा घोषणा पत्र तयार पार्ने । प्रतिनिधि सभा निर्वाचन घोषणा पत्र मस्यौंदा समिति तयार गर्ने ।

  • निर्वाचनमा तालमेलका लागि अन्य शक्तिलाई पनि आह्वान गर्ने ।

    Copyh by Nepalbani