20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बाबुरामको नयाँशक्ति पनि एमाले-माओवादी गठवन्धनमा मिसिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज १७, २०७४  

काडमाण्डौँ, १७ असोज/  नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण तथा चुनावी गठवन्धनमा बाबुराम भट्टराईको नयाँशक्ति पार्टी पनि मिसिने भएको छ।

केपी ओली र भट्टराईबीच मंगलबार बालकोटमा भएको भेटघाटपछि नयाँशक्ति पनि मिसिने टुंगो लागेको भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए। यसबारे एक सातादेखि छलफल भइरहेको उनले बताए।

आज साँझ ५ बजे राष्ट्रिय सभागृहमा डाकिएको पत्रकार सम्मेलनमा एमाले, माओवादी र नयाँशक्ति तीनैवटा दलले संयुक्त रूपमा एकीकरण तथा चुनावी गठवन्धनको घोषणा गर्नेछन्।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा त्रिपक्षीय सहमतिपत्रको मस्यौदा भइरहेको छ।

-साभार ः सेतोपाटी

प्रकाशित मितिः मङ्लबार, अशोज १७, २०७४     4:59:25 PM  |