19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

आगलागीमा परी बालक घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन १, २०७२  

कोहलपुर, १ फागुन/

कोहलपुर १२ चप्परगौडी स्थित एक घरमा आगलागी हुँदा एक बालक घाइते भएका छन् । शनिबार राती करिब ९ बजे सानु गिरीको घरमा आगलागी हुँदा ४ वर्षिय साहिल गिरी घाइते भएका हुन् । उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको छ ।IMG_0260
लाइन नभएका बेला मैनवत्तीबाट सल्केको आगो ओछ्यान हुँदै टिभीमा पुगेपछि हुँदा टिभी पड्कन पुगेको थियो । आगलागीबाट कपडा, टिभी लगायतका धनमालहरु जलेर नष्ट भएका छन् ।
स्थानीय मिलेर आगोलाई करिब आधा घण्टापछि नियन्त्रणमा लिन सफल भएका हुन् । यद्यपी आगो नियन्त्रणमा आइसकेपछि करिब सवा १० बजे नेपालगञ्जबाट आएको वारुणयन्त्रले घरमा पानी हानेको थियो ।IMG_0261IMG_0266

प्रकाशित मितिः शनिबार, फाल्गुन १, २०७२     10:40:04 PM  |