20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

सुपानेट झुल वितरण प्रक्रिया शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन १, २०७२  

कोहलपुर, फागुन १
बा“केमा यो वर्ष पनि मलेरिया रोगको उच्च जोखिममा रहेका गाविसहरुमा सुपानेट झुल वितरणको प्रक्रिया शुरु भएको छ । नेपाल रेडक्रस केन्द्रीय कार्यालयले त्यसको प्रक्रिया अगाडि बढाइसकेको बा“के शाखाका बरिष्ठ कार्यक्रम अधिकृत दोलखबहादुर डा“गीले जानकारी दिए ।
अघिल्लो वर्ष पपुलेशन सर्विस इन्टरनेसनल संस्थासंगको साझेदारीमा झुल वितरण गरिएको भएपनि यो वर्ष सोही संस्थासंग गर्ने वा अन्य संस्थासंग गर्ने भन्ने विषयमा अझंै टुङ्गो लाग्न नसकेको उनको भनाई छ । पपुलेशन सर्विस इन्टरनेसनल संस्थासंगको सम्झौता मिति सकिएकाले यो वर्ष नया“ संस्थासंग सम्झौताको तयारी रेडक्रसको केन्द्रीय कार्यालयले गरिरहेको छ ।
मलेरिया रोगको उच्च जोखिममा रहेका बा“के जिल्लाका १५ गाविसका नागरिकलाई अघिल्लो वर्ष करिब ६० हजार थान झुल वितरण गरेको थियो । जिल्लाको राप्ती नदी वारिपारि क्षेत्रका लक्ष्मणपुर, कटकुइँया, कालाफाटा, नरैनापुर, गङ्गापुर, फत्तेपुर, मटेहिया, बेतहनी, कम्दी, वनकट्टी, होलियाका सबै घरपरिवारलाई र बैजापुर, बिनौना, कचनापुर तथा खासकुश्मा गाविसका गर्भवतीका लागि झुल वितरण गरिएको थियो ।
त्यसैगरी, ती गाविसमा रहेका सबै बर्थिङ सेन्टर, नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा भर्ना भएका गर्भवती तथा सुत्केरी, क्षयरोग निवारण केन्द्रका डट्स उपचारका बिरामीलाई पनि झुल उपलब्ध गराइएको थियो । विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसा ,ओखती सहितको विशेष प्रविधिबाट तयार गरिएको सुपानेट झुल वितरण गरिएपछि ती गाविसका करिब ९४ हजार नागरिक औलो रोगबाट सुरक्षित हुने विश्वास गरिएको छ ।
झुलको ओखती प्रभाव र गुणस्तर तीन वर्षसम्म रहने जनाइएको छ । सन् २००६ मा जिल्लाको फत्तेपुर, गङ्गापुर र होलियामा महामारीका रुपमाकडाखालको औलौको सङ्क्रमण फैलिदा ३३ जनाको मृत्यु भएपछि जनस्वास्थ्य कार्यालयको अगुवाईमा औलो रोग नियन्त्रण र त्यसबाट नागरिकको सुरक्षाप्रति विशेष कार्यक्रम सञ्चालन हु“दै आएको छ ।

प्रकाशित मितिः शनिबार, फाल्गुन १, २०७२     11:24:31 AM  |