18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

नयाँ शक्तिको अर्काे ठूलो रहस्य खुल्यो, बाबुरामलाई तनाव

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ २२, २०७२  

  माघ २२

Baburam-Naya-Shakti

काठमाडौँ । सबै राजनीतिक दल पूराना भए, अब यिनले गरि खाँदैनन् भन्दै डा. बाबुराम भट्टराईले सुरु गरेको नयाँ शक्ति निर्माण अभियानको राम्रोसँग सुरु नै नहुँदै विवादमा पर्न थालेको छ ।

नयाँ शक्तिको कुनै पनि विचार र सिद्धान्त सतहमा नआएपछि डा. भट्टराईले एक गैरसरकारी संस्थाले बनाएको विधान चोरेको तथ्य सतहमा आएको छ । बिबिसीका पत्रकार रवीन्द्र मिश्रले सञ्चालन गरिरहेको खान पुगोस् दिन पुगोस् नामक गैरसरकारी संस्थाको विधान चोरी गरेर डा. भट्टराईले त्यसैलाई नयाँ शक्तिको लेपन लगाएको आरोप लागेको छ ।

माक्र्सवादलाई वैज्ञानिक र समाज निर्माणको आधार मान्दै ४० वर्षभन्दा बढी कम्युनिस्ट पार्टीमा रहेर काम गरेका र नेता समेत भएका डा. भट्टराईले कुनै नयाँ विचार फेला नपारेपछि गैरसरकारी संस्थाको विधान चोरी गरेको उनी निकटस्थ स्रोतले जनाएको छ ।

भट्टराई एमाओवादीमा रहँदा नै रवीन्द्र मिश्र, मुमाराम खनाल, लीलामणि पौडेलहरुले विभिन्न रुपमा नयाँ शक्तिको वहस चलाएका थिए । विभिन्न पत्र पत्रिकामा लेख लेखेर वा सामाजिक सेवाको नाममा पनि उनीहरु नयाँ शक्तिको वहसमा केन्द्रित भएका थिए । माओवादी छाडेका र बुर्जुवा समाजले विश्लेषकको पगरी लगाइदिएका मुमाराम पनि मिश्रको अभियानमा परोक्ष रुपमा लागेका थिए । अन्नपूर्ण पोष्ट दैनिक र हिमाल खबर पत्रिकामा विचार पृष्ठको प्रमुख बनेर जागिर खाएका खनाल र मिश्रको उठ्ती बस्ती राम्रै थियो । सम्बद्ध स्रोत भन्छ – भट्टराईले उनै खनाललाई मिश्रहरुले सुरु गरेको नयाँ शक्तिको वहसमा के–के विषय छन्, त्यो पत्ता लगाउन अह्राएका थिए ।

पत्रकारिता क्षेत्रमा लागेको र आफूलाई पनि सहयोग गर्छु भन्दै दैनिक जसो भेटघाट गर्ने साथीलाई कसरी भर नगर्नु, मिश्रहरुले खनाललाई राम्रै माने, कागजात पनि दिए, तर योजनावद्ध रुपमा लागेका खनालको धन्दा न त मिश्रले थाहा पाए, न त जानकारी नै दिए ।

भट्टराईको योजनामा चोरिएको मिश्रको कागजातलाई तलमाथि पारेर नयाँ शक्तिको दस्तावेज भन्दै यतिबेला विभिन्न माध्यममा प्रकाशित प्रचारित गरिएको छ । ‘लौ है अब जम्ने हो’, भन्दै मिश्रसँग कागजात फुत्काएका खनालले लामै समय डा. भट्टराईसँग बार्गेनिङ गरेका थिए । डा. भट्टराईले डेपुटी दिन्छुभन्दा तिमले प्रमुख नै बनाए पनि खान्न भन्दै भाउ खोजेका खनाल के कारण नयाँ शक्तिमा लागे र प्रचार विभागको प्रमुख नै बन्न भ्याए भन्ने कुराको भेउ त्यतिबेला मात्रै खुल्यो, जब डा. भट्टराईको हारमा हार मिलाएर खनाल आफैंले तयार पारेको प्रस्ताव जस्ताको तस्तै दुनियाँलाई सुनाए ।

मिश्रले त्यतिबेला चित खाए, थप परिमार्जित गरेर ल्याउँछु भनेर खनालले लगेको कागजात डा. भट्टराईको पत्रकार सम्मेलनमा छरपस्ट भयो । कम्युनिस्ट आन्दोलनमा लागेर, सशस्त्र जनयुद्ध सञ्चालन गरेर राज्यको कार्यकारी पदमा समेत पुगेका डा. भट्टराई यतिबेला माक्र्सवाद असफल भएको बताउँदै आएका छन् । तर, उनले आफूसमेत सहभागी जनयुद्धको क्रममा मारिएका १७ हजार नागरिकका आफन्त, घाइते र बेपत्ता नागरिकलाई चौबाटोमा अलपत्र छाडेर नयाँ शक्तिको खेती सुरु गरेको आरोप लागेको छ । जनआह्वान साप्ताहिकमा खबर छ ।

प्रकाशित मितिः शुक्रबार, माघ २२, २०७२     2:37:19 PM  |