19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

बाह्र किलो चरेससहित दुई पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ २२, २०७२  

कञ्चनपुर, माघ २२ गते । सुदूरपश्चिम प्रहरीको विशेष अनुसन्धान टोलीले कैलालीको अत्तरिया नगरपालिका–४ बाट गएराति १२ किलो चरेससहित दुईजनालाई पक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा से३प ३३५८ नंको स्कुटीमा सेतो बोरामा कपासमा बेरेर चरेस ल्याउँदै गर्दा बझाङ लेकगाउँका भीम धामी र दहबगरका प्रेम धामीलाई चरेससहित पक्राउ गरेको अनुसन्धान टोलीका प्रमुख वीरेन्द्र जोहारीले बताउनुभयो ।

भारतीय व्यापारीसँग चरेस बेच्नका लागि ल्याउँदै गर्दा पक्राउ गरिएको दुवैजनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाएको उहाँले जानकारी दिनुभयो । रासस

प्रकाशित मितिः शुक्रबार, माघ २२, २०७२     11:56:40 AM  |