18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

फलफुल वितरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन २३, २०७३  

जुनियर युवा रेडक्रस दिवसका अवसरमा

कोहलपुर, २३ फागुन / ३४ औं जुनियर युवा रेडक्रस सर्कल दिवसका अवसरमा कोहलपुरमा रहेको कौशिल्या पोलिक्लिनिकका विरामीहरुलाई फलफुल वितरण गरेको छ । बाँकेको कोहलपुरमा रहेको तक्षशिला एकेडेमी स्कुलका जुनियर युवा रेडक्रस सर्कलले १४ जना बिरामीहरु आइतबार फल फुल वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरका सभापति नारायण गौडेलले दुःख र पीडामा परेका मान्छेलाई साथ दिई सेवा गर्नु नै रेडक्रसको मुख्य सिद्वान्त
भएको बताए । तक्षशिला एकेडेमी स्कुल जुनियर युवा रेडक्रस सर्कलका अध्यक्ष दिपजंग शाहीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विद्यार्थी, बिरामी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २३, २०७३     12:16:13 PM  |