19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

नेपालगंजमा आगलागी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ १४, २०७४  

कोहलपुर, १४ जेष्ठ   /  नेपालगंजको धम्बोजी चोक नजिकै रहेको एक फर्निचर पसलमा भीषण आगलागी भएको छ । एक घण्टादेखि लागेको आगो निभाउनका लागि दुईवटा दमकल, नेपाल प्रहरी, नेपाली सेना,  सशत्र प्रहरीको टोली र स्थानीयहरु लागि रहेपनि हालसम्म आगो नियन्त्रणमा आएको छैन् ।

आगलागीका कारण फर्निचर पसल ध्वस्त भइसकेको छ भने नजिर्कै रहेको एक होटलमा पनि क्षति पुगेको छ । आगो नियन्त्रणमा आइनसकेकाले थप क्षति हुन सक्ने सम्भवना देखिएको छ ।   विद्युत सट भएका कारण आगलागी भएको अनुमान गरिएपनि के कारण आगलागी भएको भन्ने खुलेको छैन्।

प्रकाशित मितिः आइतवार, जेष्ठ १४, २०७४     1:05:24 PM  |